काठमाण्डौँ — युनिभर्सल पावर कम्पनीको सेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावितलाई पहिलो चरणमा बिक्री खुला गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।
पहिलो चरणमा कम्पनीले ९३ लाख लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
अहिले निष्काशन भएको सेयर मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारीका लागि, ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याइएको छ ।
यस सेयरका लागि सि—आस्वा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।
यस सेयरका लागि माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS