काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार (आज) बस्दैछ ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिदेखि नै एमालेले बैठक अबरुद्ध गरिरहेको छ । अाजै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे संसद भवनमा बैठक बस्नेछ ।
मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।
FACEBOOK COMMENTS