काठमाण्डौँ — बेलायत सरकारले चालकरहित गाडीको प्रविधि परीक्षण अन्तिम चरणमा पुगेको जनाएको छ ।
यस वर्षको अन्तिम सम्ममा परीक्षण गरी सन् २०२१ सम्म बेलायतका सडकमा चालकरहित सवारीसाधन गुडाउने लक्ष्य सरकारको छ ।
सन् २०१७ मा अर्थमन्त्री फिलिप ह्यामण्डले ड्राइभररहित गाडीको प्रविधि विकासका लागि बजेट छुट्ट्याएका थिए ।
यसका लागि चार वर्षको लक्ष्य राखिएको थियो ।
विश्वमै चालकरहित सवारीसाधन प्रविधिमा बेलायतको अग्रणी भूमिका रहने र यो सुरक्षित हुने सरकारको विश्वास छ ।
सुरक्षा संवेदनशीलता तथा सावधानीको नियम पालना गर्नुपर्ने भएकाले यस प्रविधिको परीक्षणका लागि बेलायत सरकारले नयाँ सुरक्षा नीति पनि तर्जुमा गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS