काठमाडौं । सेयर कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से १२.५३ अंकले बढेर दुई हजार पाँच सय २० दशमलब २३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ४ अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।
त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ३६ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS