काठमाण्डौं– काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टिक टुरिजम मार्ट–२०१९’ हुने भएको छ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा मेला आयोजना हुने छ ।
उक्त मेलामा पर्यटन सम्बद्ध दुई सय २५ व्यावसायिक संघ–संस्था तथा व्यापारिक स्टल रहने बताइएको छ।
सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा पर्यटन प्रवद्र्धन गरी सहयोग पु¥याउन मेला थप सहयोगी हुने आयोजकको भनाइ छ।
FACEBOOK COMMENTS