काठमाण्डौँ – संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका सबै व्यापार–व्यवसाय वन्द गर्न नेपाललाई निर्देशन दिएको छ ।
राष्ट्रसंघमातहत गठित निकाय ‘कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्ट’ले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्वमा सञ्चालित सबै उद्योग–व्यवसाय वन्द गर्न निर्देशन दिएको हो ।
राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रूपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ ।
राष्ट्रसंघले प्रतिवन्ध लगाएका मुलुकले विश्वभर व्यापार–व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।
न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत राष्ट्रसंघले उत्तर कोरियाली नागरिकको लगानी तथा स्वामित्वमा भएका सबै उद्योग–व्यवसाय वन्द गरी कार्यरत सञ्चालक तथा कर्मचारीलाई देश निकाला गर्न पत्राचार गरेको परराष्ट्र मनत्रलय स्रोतले जानकारी दियो ।
परिपत्र कार्यान्वयनका लागि राष्ट्रसंघले साउन २७ गते सम्मको समय दिएको छ ।
– कारोबार
FACEBOOK COMMENTS