काठमाण्डौँ — व्यवसायीहरूले स्थानिय तहलाई कर तिर्न सहमति गरेपछि पोखरामा निर्वात रूपमा प्याराग्लाइडिङ सञ्चालन भएको छ ।
महानगरपालिकाले कर नतिर्ने कम्पनीलाई बुधबारदेखि प्याराग्लाइडिङ गर्न नदिने चेतावनी दिएको केही घण्टामै व्यवसायीहरू महानगरसँग वार्ता बसी कर तिर्न सहमति जनाएसँगै पोखरामा निर्वात ढंगबाट प्याराग्लाइडिङ उडान भएको हो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपस्थितिमा भएको वार्तामा व्यवसायीहरूले ४ वर्षको एक मुष्ट ८६ हजार रुपैयाँ तिर्ने सहमति जनाएसंगै बुधबारदेखि एक साताको समय सीमा दिएर प्याग्लाइडिङ उडानमा कुनै अवरोध नगर्ने सहमति भएको अध्यक्ष रणबहादुर थापाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS