काठमाण्डौं– नविल बैंकले साना व्यवसायीहरुको लागि नविल सजिलो कर्जा योजना ल्याएको छ ।
युकेएड संगको सहकार्यमा बैंकले साना व्यवसायीको लागि सजिलो कर्जा ल्याएको जनाएको छ ।
साढे १० प्रतिशत ब्याजदरमा बैंकले साना व्यवसायीलाई कर्जा दिने बताएको छ ।
नविल बैंकका सिइयो अनिल केशारी शाहले साना तथा मझौला उद्यमीको लागि यो योजनाले धेरै फाईदा पुग्ने बताएका छन् ।
उनले बैंकले अहिले सम्म कर्पोरेट क्षेत्रमा मात्र ऋण दिदै आएकोमा अब साना व्यवसायीलाई पनि फोकस गर्ने बताएका हुन् ।
बैंकले हाल ७ अर्व रुपैयाँ साना तथा मझौला उद्यमीको लागि छुट्याएको बताएका छन् । स्पष्ट योजना सहित आउने जो कहिले पनि कर्जा लिन सक्ने उनले बताए ।
FACEBOOK COMMENTS