काठमाण्डौं – ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा त्रि.वी., प.नी.का.का परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्प राज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेबीच हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुरुप त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा ग्लोबल आईएमई बैंकमा संकलन गर्नेछ ।
हाल ग्लोबल आइएमई बैंकले बिभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, बिभिन्न यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत कार्यालय लगायतका बिभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS