काठमाण्डौँ — काठमाडौंमा हुने लगानी सम्मेलनमा ५० भन्दा बढी देशका कम्पनी र सरकारी अधिकारी सहभागी हुने भएका छन् ।
नेपालका विभिन्न परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई लक्षित गरी सरकारले लगानी र व्यवसायसम्बन्धी कानुन पनि धमाधम संशोधन गरिरहेको छ ।
सम्मेलनमा ५० भन्दा बढी देशका ७ सय व्यक्ति सहभागी हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र अन्य सरोकारवाला सहभागी रहने बोर्डले जनाएको छ ।
चैत दोस्रो साता सुरु हुने सम्मेलन दुईदिन सम्म चल्ने छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS