काठमाण्डौँ — चालु आर्थिक वर्ष ०७५/०७६ को दोस्रो चौमास अन्त्य हुन लाग्दा सिन्धुलीमा करिब ३६ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।
चालु आ.व.मा जिल्लाका लागि संघीय सरकारका तर्फबाट विनियोजित ९४ करोड २६ लाख १६ हजार बजेटमध्ये हालसम्म ३३ करोड ५२ लाख ८७ हजार अर्थात् ३५.६२ प्रतिशत मात्रै खर्च भएको हो।
चालुतर्फ हालसम्म ५२.६० प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीले जनाएको छ।
संघीय सरकारले पठाएको चालुतर्फको ६ अर्ब ६६ करोड ७७ लाख २८ हजारमध्ये तीन अर्ब ५० करोड ७१ लाख ४४ हजार खर्च भएको कोलेनिकाका कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेशप्रसाद दाहालले जानकारी दिए।
— अन्नपुर्ण
