काठमाण्डौं– नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल्वे सञ्चालन हुने भएको छ।
रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको हो।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो।
रेल विभागका महानिर्देशक बलराम मिश्रले उक्त रुटमा निर्माण हुने ७ वटा स्टेसनका लागि आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
विभागले सो रुटमा रेल सञ्चालनका जनकपुर( बैसाख १ अर्थात नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ुजनकपुर(जयनगर रेल्वेु सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया समेत सुरु गरेको छ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो। त्यस्तै रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
सो रुटमा निर्माण हुने ७ वटा स्टेसनका लागि आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने मिश्रको भनाइ छ। महानिर्देशक मिश्रले सातै वटा स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले जनाए।
मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोही अनुसारको कार्यविधि निर्माणमा आफूहरु लागि परेको मिश्रको भनाइ छ। कुर्था र खजुरी लगायतका केहि स्टेसनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकताअनुसार कर्मचारी परिचालन गर्ने उनले बताए।
विभागले सो रुटमा सञ्चालन हुने २ वटा रेल खरिदको लागि प्रक्रिया अघि बढेको बताएका छन् ।
उनले भारत संग सहमति गरेर काठमाण्डौं–विरगंज रेल सञ्चालनको पनि अध्ययान भैरहेको जनाएका छन् ।
काठमाण्डौं–केरुङ रेलको विषयमा पनि अध्यान भैरहेको बताएका छन् ।
यसका साथ साथै काठमाण्डौ पोखराको पनि रेल सञ्चालनको लागि डिपिआरको तयारी भैरहेको बताए ।
त्यस्तै विभागले पूर्व –पश्चिम रेलमार्गको लागि द्रुत गतिमा काम भैरहेको जानकारी दिए ।
FACEBOOK COMMENTS