काठमाण्डौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेको छ ।
कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरि उक्त सेवा शुरु गरेको हो ।
उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले विद्युतीय भुक्तानी प्रणाली मार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्फत चेक राफसाफ गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS