काठमाण्डौँ — ललितपुरमा चैत १३ गतेदेखि कला तथा संस्कृति महोत्सव–२०७५ हुने भएको छ ।
विश्वकला परिषद्द्वारा ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको उपलक्ष्यमा ललितपुरलाई हस्तकला नगरीको रूपमा प्रवद्र्धन गर्न तथा स्थानीय हस्तकला व्यवसाय प्रवद्र्धन तथा सम्बर्दन गर्ने उद्देश्यले १७ गतेसम्म महोत्सव गर्न लागीएको हो ।
आ–आफ्ना उत्पादित हस्तकलाका वस्तुको प्रदर्शनीका साथै मौलिक संस्कृति र अमूर्त सम्पदा झल्किने खालका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्ने आयोजकले जनाएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS