काठमाण्डौँ — भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको
आयोजना प्रमुख सञ्जीव बरालले बताए ।
उनले टिबिएमको सहायताले ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिए ।
नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।
भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS