चीन – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सन् २०२० मा नेपालले मनाउन लागेको पर्यटन वर्ष सफल बनाउनका लागि नेपाल भ्रमण गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
चीनको सिचुवान प्रान्तको इविन शहरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहेका खनालले नेपाल पर्यटनको माध्यबाट अन्तर्राष्टिय सम्बन्धलाई मजबुद बनाउन चाहेको बताए ।
४० देशका झण्डै एक हजार प्रतिनिधि सहभागी सम्मेलनमा मन्त्री खनालले भने हामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछौं ।
उक्त भ्रमण वर्षमा चिनियाँ तथा विश्वका अन्य राष्ट्रका पर्यटकको संख्या बृद्धि गर्दै हामी अन्तरराष्ट्रिय सम्बन्धलाई थप प्रगाढ बनाउन चाहन्छौँ ।
मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० तारिखमा हुन लागेको लगानी सम्मेलनमा धेरै मित्र राष्ट्रहरुको सहभागिता र समन्वयको खाँचो महसुस गरेका बताए ।
मन्त्री खनालले गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति जनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्व विजारमा पुर्याउन इपिनले उपलब्ध गराएको मञ्च नेपालको लागि ठूलो र अमूल्य अवसर रहेको बताए ।
FACEBOOK COMMENTS