काठमाण्डौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको खरिद, बिक्री वितरणलगायतका प्रणालीमा सुधार गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति र पारदर्शी कारोबार गर्ने उद्देश्य राखेर विगतमा दर्जनभन्दा बढी समितिले दिएको सुझाव कार्यान्वयन नभएका बेला सरकारले फेरि अर्को नयाँ उच्चस्तरीय समिति गठन गरेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएएको मन्त्रालयले जनाएको छ ।
समितिलाई अध्ययन गर्नका लागि तीन महिनाको समय तोकिएको छ ।
समितिले गहन अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ ।
– कारोबार
FACEBOOK COMMENTS