काठमाण्डौँ — मुक्तिनाथ बिकास बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंक लि।ले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मीलाईफ इन्स्योरेन्स लि।को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।
महालक्ष्मीलाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै कारोबार प्रारम्भ गरेको छ।
महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
FACEBOOK COMMENTS