काठमाडौं — प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय तहमा रिक्त रहेको रोजगार संयोजकका लागि ९ हजार भन्दा बढी आवेदन परेको छ ।
दुई सय ३२ रोजगार संयोजकका लागि फागुन ३० देखि आवेदन खुलेकोमा शनिबारसम्म नौ हजार आठ सय ७४ जनाको आवेदन परेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रकाशित गरेको दरखास्तमा योग्य उम्मेदवार छनोट नभएको भन्दै फेरि आवेदन खुलाइएको हो ।
सरकारले छनोट गरेका पाँच सय २१ जना उम्मेदवारले कार्यक्षेत्रमा खटिएर बेरोजगार युवाको फारम संकलन सुरु गरेको श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
तोकिएका मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट उम्मेदवार छनोट गरिने सहसचिव दाहालले जानकारी दिए ।
सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगार युवालाई कम्तीमा सय दिनको रोजगारी दिने घोषणा गरेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS