काठमाण्डौँ — नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो क्षेत्र अधिकार एक निजी संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई अधिकार प्रत्यायोजना गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले प्याराग्लाइडिङ सम्बन्धी अधिकांश अधिकार प्रत्यायोजना गरी नालाई प्राधिकारिक संस्थाको रूपमा मान्यता दिने तयारी गरेको क्यानका प्रबन्धक देवेन्द्र पाण्डेले बताए ।
नालाई प्याराग्लाइडिङसम्बन्धी लाइसेन्स जारी गर्नेदेखि नियमविपरीत सञ्चालन हुने कम्पनीउपर दर्ता खारेजीको सिफारिस सम्मको अधिकार दिने तयारी भएको प्रबन्धक पाण्डेले जनाए ।
यही चैत १३ गते पोखरामा एक समारोहकाबीच यस विषयमा छलफल गरी नालाई उक्त प्याराग्लाइडिङको प्राधिकारिक संस्थाको रूपमा जिम्मेवारसहितको मान्यता दिने भएको उनले बताए ।
— कारोबार
FACEBOOK COMMENTS