काठमाण्डौँ — संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको अध्ययन गर्न उपसमितिले गठन गर्ने निर्णय गरेको छ ।
विद्यार्थीसँग बढी शुल्क लिएर अनियमितता गर्ने मेडिकल कलेजहरुमाथि संसदीय उपसमितिले छानबिन गर्ने सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समितिको आइतबारको बैठकमा मेडिकल कलेजहरुका बेथितिहरु बारे छलफल भएको थियो।
छलफलका क्रममा सांसदहरुले उपसमिति गठन गरेर अध्ययन गर्न आवश्यक रहेको औंल्याएका थिए।
सांसदहरुले सभापति घर्तीलाई अध्ययन उपसमिति गठन गरेर छानबिनमा पठाउने जिम्मेवारी दिएका हुन्।
पोखराको गण्डकी, ललितपुरको किष्ट, भरतपुरको चितवन, भैरवाहाको युनिर्भसल र वीरगञ्जको नेसनल मेडिकल कलेजले विद्यार्थीबाट लाखौं बढी शुल्क लिएर ठगी गर्दै आएका छन्।
— कान्तिपुर
FACEBOOK COMMENTS