काठमाण्डौं– नेपाल अलैची व्यवसायी महासंघको छैटो साधरण साभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।
धनकुटामा भएको कार्यक्रममा प्रदेश एकका मुख्य मन्त्री शेरधन राई प्रमुख अतिथि थिए भने नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि ढकालले अलैचि व्यवसाय नेपालको महत्वपूर्ण व्यवसाय भएको बताएका छन् ।
यसमा झण्डै डेढलाख भन्दा बढि किसान आवद्ध भएको र निर्यातको वस्तु भएकाले यसको प्रर्वद्धन गर्न सरकार र निजी क्षेत्र सबै लाग्नु पर्ने बताएका छन् ।
सार्क चेम्वर उपाध्यक्ष ढकालले लाखौ व्यक्तिले रोजगार पाइरहेको पुर्व देखी पश्चिमको पहाडि भेगमा हुन सक्ने अलैचि व्यवसाय अन्तराष्ट्रिय बजारमा स्थापित भैसकेकोले प्रदेशगतरुपमा पनि प्रबद्धन गर्नु पर्नेमा जोड दिए ।
प्रदेश नं १ अलैचिको हव भएको नाताले यसलाई प्रदेशले विशेषरुपमा ध्यान दिनु पर्ने बताउँदै अलैचिको बजार सुनिश्चीत गर्नु पर्ने बताएका छन् ।
अलैचि बजार विकासको लागि पेटन राईट लिएर अन्तराष्ट्रिय स्तरमा प्रबद्धन गर्नु पर्नेमा जोड दिए । अहिले जुन नेपालबाट कच्चा अलैची विदेश लगेर ब्राण्ड बनाई महंगोमा बेच्ने प्रचलन हटाउनु पर्नेमा जोड दिएका छन् ।
उनले अन्तराष्ट्रिय बजारमा अलैचिको मुल्य घटेको समय यसलाई भण्डारण गर्ने प्रविधि भित्राउन किसानलाई सहयोग गर्नु पर्ने बताएका छन् । यसको नियार्तको लागि सरकार तथा निजी क्षेत्रले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
FACEBOOK COMMENTS