काठमाण्डौं – ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि ७२ हजारको आवेदन परेको छ।
सोमबार बिहान साढे १० बजेसम्म ७२ हजार २०७ जनाले परीक्षाका लागि आवेदन दिएका छन्।
गत शुक्रबारदेखि कोरिया भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । आवेदन दिने समय १७ गते राति १२ बजेसम्म सम्म तोकिएको छ।
ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार आवेदन खुलेको ४ दिनमा गतवर्षको हारहारीमा आवेदन परेको छ ।
गत वर्ष ८२ हजार भन्दा बढीले आवेदन दिएका थिए।
यस वर्ष ४ दिनमै सोही हारहारीमा पुग्न लागेकाले गतवर्ष भन्दा आवेदकको संख्या बढ्ने अनुमान गरिएको छ।
कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ।
परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS