काठमाण्डौँ — चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रका बासिन्दाले मुआब्जा बुझेका छन्।
प्रसारण लाइनको टावर निर्माणका लागि २६ परिवारको जग्गा अधिग्रहण गरिएको थियो।
यी मध्ये २४ परिवारले मुआब्जा बुझिसकेका छन्।
हालसम्म एक करोड २७ लाख ५३ हजार नौ सय ११ रुपैयाँ मुआब्जा वितरण गरिसकिएको मुआब्जा निर्धारण समिति रसुवाले जनाएको छ।
व्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

गुठी जग्गाको मुआब्जा भने वितरण गरिएको छैन।

बुधबार बोर्डको बैठक बसेर निर्णय गरेपछि मुआब्जा वितरण सुरु गर्ने आयोजना प्रमुख केदार राज सिलवालले बताए।

आयोजनाले टावर निर्माणका लागि फाउन्डेसन गर्ने कार्य गरिरहेको छ।

— नागरीक
FACEBOOK COMMENTS