पुरुषोत्तम सुवेदी
नवलपरासी– पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।
रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाई भैंसीको मल र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो ।
फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउछन् ।
करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ ।
कूल २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएकोे छ ।
सो परियोजनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र जलवायु लगानीकोषअन्तर्गत सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको चार करोड ९१ लाख नगद अनुदान सहायता प्राप्त भएको छ ।
प्रालिबाट हाल दैनिक करीब १०० को सङ्ख्यामा ग्यास सिण्लिडर तयार भई बजारमा जाने गर्दछ । प्रतिसिलिण्डरमा ११ केजी ६०० ग्राम बायोग्यास हुने प्रालिले जनाएको छ । उद्योगमा हाल २० कर्मचारी कार्यरत छन् । रासस
FACEBOOK COMMENTS