काठमाडौं– त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीवार आईपीओ बाँडफाँट गरेको हो ।
‘नेपालको पानी जनताको लगानी’ हरेक नेपाली जलविद्युत्को शेयरधनी’ नाराका साथ आईपीओ विक्री गर्ने यो पहिलो कम्पनी हो ।
कुल ३५ लाख ९३ हजार ८५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको कम्पनीले ५० हजार २६७ आवेदकलाई ३०/३० कित्ता शेयर दिएको छ भने १ लाख ४ हजार २९२ आवेदकलाई २०÷२० कित्ता शेयर दिएको छ ।
१ लाख ५४ हजार ६२६ आवेदकमध्ये रित नपुर्याई दिइएका ६७ आवेदन रद्द भएको थियो ।
कुल १ लाख ५४ हजार ५५९ योग्य आवेदक सबैलाई २०र२० कित्ताका दरले शेयर बाँडफाँट गरेपछि बाँकी रहेको ५ लाख २ हजार ६७० कित्ता शेयर गोलाप्रथामार्फत ५० हजार २६७ जनालाई १०÷ १० कित्ताका थप दिइएको हो ।
चैत ७ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला भएको आईपीओमा तोकिएकोभन्दा १८ गुणा बढी माग आएको थियो ।
FACEBOOK COMMENTS