काठमाण्डौँ — नबिल बैंकले नबिल नारी अन्तर्गत तीन वटा कर्जा योजना सार्वजनिक गरेको छ ।
जसअन्तर्गत नबिल प्रिमियम नारी बचत खाता र नबिल नारी कर्जाका साथै साना तथा मझौला कार्यक्रम अन्तर्गत महिलाद्वारा सञ्चालित साना व्यवसाय कर्जा रहेका छन् ।
बैंकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ ।
बैंकले महिला बचत खातामा ४ दशमलव ५ प्रतिशत व्याजदर दिने भएको छ ।
उक्त खाता अन्तर्गत क्रेडिट कार्ड, डिमान्ड ड्राफ्ट, लकर लगायतका सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
कर्जाको ब्याजदर भने १५ लाखको सीमासम्म भए ३ दशमलव ९४ प्रतिशत र सो भन्दा बढी १ करोड ५० लाखसम्म भए ९ दशमलव ९९ प्रतिशतसम्म व्याजदरमा प्रदान गरिने बताइएको छ ।
नारी कर्जाको न्यूनतम सीमा भने ५ लाख तोकिएको छ ।
बैंकले सार्वजनिक गरेको कर्जा योजनामध्ये नबिल नारी कर्जाका लागि आवेदन दिएका आवेदकले ५ कार्य दिन भित्र ऋण प्राप्त गरिसक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS