काठमाडाैं- राजधानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका सहभागीले नेपालको जलविद्युत दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधार भन्दै लगानी गर्न जोड दिएका छन्।
सम्मेलनमा सरकारका तर्फबाट आठ ठूला परियोजना र निजी क्षेत्रले १६ आयोजना ‘शो–केश’का रुपमा प्रस्तुत गरेको सन्दर्भमा लगानीकर्ता ऊर्जामा नै लगानीका लागि आकर्षित देखिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र पूर्वअर्थमन्त्री डा रामशरण महतलेसमेत ऊर्जा क्षेत्रलाई नै समृद्धिको आधारका रुपमा विशेष जोड दिँदै लगानीका लागि आग्रह गरे।
सम्मेलनमा सहभागी हुन आएका विदेशी लगानीकर्ताले नेपालका जलऊर्जाको महत्व र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा प्रशंसा गर्दै लगानीका लागि आफूहरु सहकार्य गर्न तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रलाई जोड दिएर सहज कानूनी संरचना तयार पारिएको, २०० मेगावाटभन्दा माथिका आयोजनालाई सहजीकरणका लागि लगानी बोर्डलाई जिम्मेवार बनाइएको उल्लेख गरे।
FACEBOOK COMMENTS