काठमाडौं – रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ।
आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।
विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको उक्त आयोजनाको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो।
आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले बताए।
– नागरीक
FACEBOOK COMMENTS