काठमाडौँ — संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. को बर्दिया जिल्लास्थित बाँसगढी शाखाद्घारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिका– ४ मटेरिया स्थित नमुना आमा समूहका सदस्यहरुका लागि शनिवार उक्त वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकमा बचत गर्नुका फाइदाहरु तथा बैंकिङ्ग सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
यसै अवसरमा स्वास्थ्य समूह, बाँसगढी नगरपालिका– ४ को कार्यलय, स्थानिय शिवमन्दिर तथा दुर्गामन्दिरको लागि डस्टबिन पनि वितरण गरिएको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS