काठमाण्डौं – सौर्य एयरलाइन्सले फाईदा कमाउन नसके पछि तीन वर्षअघि संचालनमा आएको कम्मनी बिक्री भएको छ ।
चीनमा बसेर व्यवसाय गरिरहेका श्याम अधिकारीले ६५ करोड रुपैयाँमा किनेका हुन्।खरीदबिक्री सम्झौंता भने हुन बाँकी छ।
तीन वर्षअघि विभिन्न व्यवसायिक घराना मिलेर यो एयरलाइन्स संचालनमा ल्याएका थिए।सिआरजे–२०० जेट इन्जिन भएको जहाज ल्याएर कम्पनीले सेवा सुरु गरेको थियो।
दुर्इवटा जहाज संचालनमा ल्याएपनि एउटा जहाज भने केही समयपछि ग्राउण्डेड भयो।कम्पनीका अध्यक्ष दीपक पोखरेलले एयरलाइन्स बिक्री भएको पुष्टी गरे।
बितेका ३ महिनामा एअरलाइन्स ६ करोड घाटामा गएपछि नयाँ व्यवस्थापनको खोजी गर्न सञ्चालकहरूलाई बढी दबाब परेको हो ।
यसअघि नयाँ व्यवस्थापनका लागि एमाले निकट व्यवसायी दुमन थापा, विशाल ग्रुपसँग समेत अनौपचारिक कुराकानी भएपनि सहमति बन्न नसकेको स्रोतले बतायो। अहिले यो समूहले सीता एयर संचालन गरिरहेको छ।
FACEBOOK COMMENTS