काठमाडौं– जनताको जलविद्युत कार्यक्रममा समावेश भएका रसुवगढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएका छन्।
रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ८२ हजार कित्ता प्राथमिक शेयर जारी गर्ने भएका हुन्।
बिक्री बन्द छिटोमा वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ। प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने छन्।
सर्वसाधारण शेयरधनीहरुले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
FACEBOOK COMMENTS