काठमाण्डौं — श्री राम प्रसादखत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनललाईफ इन्स्योरेन्स क।लि।को सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ मा दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।
उक्त शिबिरमा लुम्बिनीअञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा।ली, तिलोत्तमाआंखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेको थियो ।
७ वटा बिशेषज्ञ बिधामा सेवाप्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दुअप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांतनिकालेको बताइएका छन् ।
सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो ।