काठमाडाैँ – नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ ।
समृद्ध नेपाल सुखी नेपालीकाे अभियानमा सहयाेग पुर्याउने ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ कार्यक्रमकाे शुभारम्भ गरेका हुन् ।
नेपाल सरकार र नेपाल बैँकर्स एशोसिएसनकाे सयुक्त रूपमा शुरू भएकाे कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा सरकारले प्रिमियम तिर्नेछ ।
त्यस्तै ‘सबै नेपालीको बैँक खाता’ कार्यक्रम अन्तर्गत खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् ।
हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।
FACEBOOK COMMENTS