काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- ‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति अहिले भइरहेको न्यायालयको विवादतर्फ इंगित रहेको विश्लेषण गरिएको छ ।