काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल विद्यार्थी संघको अध्यक्षमा सृजना मल्ललाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवशेन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेबिसंघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको जानकारी दिएका छन् ।
पार्टीको विधानको धारा ४२(१) बमोजिम विद्यार्थी संघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको पत्रमा उल्लेख छ । मल्ललाई आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।