काठमाण्डौं — धनगढी उपमहानगरपालिकामा फोहोर–मैला व्यवस्थापन केन्द्रको टुंगो नलागेका कारण रोकिएको साढे तीन अर्बकै क्षेत्रीय सहरी विकास आयोजना सुरु हुने भएको छ।
फोहोर–मैला व्यवस्थापन केन्द्रका लागि जग्गा टुंगो नलागेको भन्दै एसियाली विकास बैंकको ऋण लगानीको उक्त आयोजना रोकिँदै आएको थियो।
जग्गा खोज्ने क्रम जारी राखेर, अरू सडक र ढल निकासको कार्य अघि बढाउन एसियाली विकास बैंक सहमत भएपछि टेन्डर प्रक्रिया अघि बढ्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिका र आयोजना कार्यालयले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी दुई साताभित्रै क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत साढे १० किलोमिटर सडक र त्यसको दायाँ–बायाँ ढल निकाससहितको नाली बन्ने जानकारी गराएको हो।
‘फोहोर–मैला व्यवस्थापन केन्द्रको जग्गाका लागि एक स्थानमा केही व्यक्तिका कारण विवाद देखिएको र अन्य स्थानको जग्गा पनि विकल्पका रूपमा हेर्ने कार्य भएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले बताए ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS