काठमाण्डौँ — ज्योति विकास बैंकले “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको खौलौं बैंक खाता अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त बचत खाता सञ्चालनमा ल्याएको बैंकलले जनाएको छ ।
बैंकले उक्त वचत खातामा वार्षिक ७ प्रतिशत ब्याज दिनुको साथै विभिन्न आधुनिक बैंकिङ सेवा पनि बैंकले उपलब्ध गराउने जनाएको छ ।
यस योजना अन्र्तगत अन्य बैंकमा खाता नभएका व्यक्तिहरुले खाता खोलेमा १०० रुपैयाँ बैकको तर्फबाट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले हाल ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर र २३ वटा एटिएम मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS