काठमाण्डौं– पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही दिनअघि सर्वोच्चमा सरकारविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।
पब्जीकै कारण बालबालिकामा नराम्रो असर परेको भन्दै सरकारले पब्जीमा प्रतिवन्ध लगाएको थियो ।
FACEBOOK COMMENTS