काठमाण्डौं– नेपाल व्यवस्थापन संघले अबको बजेट कस्तो बन्नु पर्छ भन्ने विषयमा प्रिबजेट छलफल गरेको छ ।
काठमाण्डौंमा भएको कार्यक्रमामा विभिन्न क्षेत्रका विज्ञ र अर्थमन्त्रीलाई साथमा राखेर छलफल गरेको हो ।
कार्यक्रमा नेपाल अटो व्यवसायी संघ (नाडा)का अध्यक्ष सम्भु प्रशाद दाहालले लगि गाडिमा भन्सार दर कम लगाउन आग्रह गरेका छन् । राजस्वको लक्ष्य पुरा गर्नको लागि पनि भन्सारको दर घटाउनु पर्ने उनको भनाई छ ।
उनले गत वर्ष ६० देखी १०० प्रतिसत सम्म भन्सार बढ्दा नेपालीहरु भारतका सवारी साधन नेपालमा चलाउन लागेको बताएका छन् ।
अध्यक्ष दाहालले अर्थमन्त्रीलाई सुझाव दिदै भारतिय सवारी नेपालमा सजिलै प्रवेश पाउँदा नेपालको अटोक्षेत्र मन्दी भएको धारणा व्यक्त गरेका छन् । उनले भारतको गाडि नेपाल आउँदाको प्रतिदिनको दर रेट डवल गर्नुपर्ने सुझाव दिएका छन् । साथै भारतिय गाडिको लागि नेपालमा वर्षको ३० दिन भन्दा बढी नेपाल बस्ने अनुपति दिन नहुने बताएका छन् । यसमा सुधार नगरे नेपालमा गाडिको व्यवसाय नै ठप्प हुने बताएका छन् ।
त्यस्तै नेपालमा एसेम्बीङ प्लान्टको लागि भन्सारमा दिदैआएको अन्तरशुल्क छुट ५० प्रतिशत पुर्याउन माग गरेका छन् । पहिला ५० प्रतिशत दिदै आएकोमा अहिले २५ प्रतिशत मात्र दिइएकोले यसमा सुधार गर्न आग्रह गरेका हुन् । जसले गर्दा नेपालमा एसेम्बीलङ प्लान्ट निमार्ण गर्नको लागि व्यवसायी उत्साहित हुने उनले बताएका छन् ।
नाडा अटो शो को लागि प्रदशनी स्थल नभएको उनले बताएका छन् । उनले भने ‘ हामीलाई कम्तीमा १० हजार वर्ग फिट आवश्यक पर्ने र हाल २ हजार वर्ग फिटमात्र खुम्चनु परेको छ ।’ यसमा सरकारले बजेट विनियोजन गर्ने उनले विश्वास लिएका छन् ।
कार्यक्रमा युवराज खतिवडाले राजस्व बढाउनको लागि सरकारले जे मा पनि आयत खुल्ला नगर्ने बताएका छन् । नेपालको व्यपार घाटा बढीरहेको भन्दै विलाशिताका सामानमा भन्सार नघट्ने बताएका हुन् ।
FACEBOOK COMMENTS