काठमाडौं, साउन १७। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघिको रेकर्डलाई तोड्दै आज नेपाली बजारमा आज अहिलेसम्मकै नयाँ मूल्य कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य साताको अन्तिम दिन आज शुक्रबार ३०० रुपैयाँले बढेर ६५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
सुनको मूल्य बढेसँगै राजधानीका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको संख्या बढ्दो देखिएको छ । नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला, काँडाघारी, दरबारमार्ग, न्यूरोड, बागबजार क्षेत्रका सुन पसलहरुमा सुन किन्ने भन्दा बढी बेच्ने ग्राहकहरु भेटिएका छन् ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेर ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। विहिबार तेजाबी सुनको मूल्य ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५६ हजार १६० रुपैयाँ कायम गरेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेर ७७० रुपैयाँमा कारोबार भएको छ भने महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६६० रुपैयाँ कायम गरेको छ।

