काठमाडौ– अमेरिका–चीन बीचको व्यापार युद्धले चिनियाँ अर्थतन्त्रमा नकरात्मक असर पारेको छ ।
व्यापार युद्धकै परिणाम स्वरुप आइएमएफले चीनको कुल ग्राहस्थ उत्पादन सन् २०१९ को अन्तमा ६.२ प्रतिशत मात्रै हुने प्रक्षपण गरेको छ। सन् २०२० मा यो झनै घट्ने उसको अनुमान छ। आइएमएफका अनुसार सन् २०२० मा चीनको अर्थतन्त्र ६ प्रतिशतलेमात्र विस्तार हुने छ।
सन् २०१८ मा चीनको अर्थतन्त्र ६. ३ प्रतिशतले बढेको थियो।
व्यापार युद्धको समाधानको लागि चिनियाँ पक्षले समाधानको प्रयास गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने झनै आक्रामक देखिदै गएका छन्।
व्यापार युद्ध लम्बीदै जाँदा चिनियाँ अर्थतन्त्र अझै खस्कँदै जाने आइएमएफले अनुमान गरेको छ।
आइएमएफले अमेरिका चीन व्यापार युद्धले चीनको मात्रै नभएर समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्ने बताएको छ। एजेन्सी
FACEBOOK COMMENTS