काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले मंगलबार उनीहरूविरुद्ध मुद्दा दर्ता गराएको हो । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद् बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न अनुमति दिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।