काठमाडौं, साउन ३० । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न उक्त सभाले कम्पनीको जारी पुँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३० प्रतिशत दरले हुने जम्मा तीस करोडको आईपिओ को प्रस्ताव पारित गरेको छ ।
सभाले बीमा बजारको प्रतिस्पर्धात्मक स्थिति तथा विभिन्न चुनौतीहरुको बाबजुद पनि यस कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को करिब २४ कार्य दिनमा कम्पनीले १९३ बीमालेख जारी गरि ३१ लाख ६९ हजार आठ सय ९१ बीमा शुल्क संकलन गर्न सफल भएको जानकारी गराएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७५/०७६ जम्मा ३१ हजार २ दुई सय १७ बीमालेख जारी गरि ३अर्ब ३२ करोड ४६ लाख १४ हजार एक सय २३ रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम ४३ लाख ७५,००० हजार भुक्तान गरिसकेको जनाएको छ ।
त्यस्तै सभाबाट नयाँ सञ्चालक समिति छनौट भएको छ । जसमा कुनाल कयाल, लक्ष्मी प्रसाद श्रेष्ठ, कृष्ण बोहरा र दिपेन्द्र अग्रवाल छनौट भएका छन् ।
हाल कम्पनीद्धारा केन्द्र्रिय कार्यालय र ३८ वटा शाखा तथा १० वटा उपशाखा कार्यालयहरुबाट जम्मा १६२ कर्मचारीहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS