काठमाडौँ — आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको छ ।
तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झन्डै दोब्बर पर्ने भएको छ ।
दस वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
यो निर्माण अवधिको ब्याजबाहेकको लागत अनुमान हो ।
गएको वर्ष असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ छ ।
अहिलेकै अवस्थामा ब्याजसहित आयोजनाको लागत करिब ६० अर्ब पुग्ने माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले ।
४ सय ५६ मेगावाट क्षमताको आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै यसले नेपालमा जारी ऊर्जा संकट समाधान गर्ने भएकाले यसलाई राष्ट्रिय महत्त्वको आयोजना मानिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS