काठमाडौं, भदौ ९ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा लि बिच सम्झौता भएको छ ।
बैंक र काठमाडौंको नैकापमा कार्यालय रहेको सिप्रदीबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्राÞ लि का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख बाट नयाँ गाडी खरीद गर्न चाहेमा कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल न ई २० बाट थप जानकारी लिन सकिने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS