काठमाडौं – नेपाल दूरसंचार प्राधिकरणले मोबाईल सेवा प्रयोग गर्नेको संख्या ४ करोड १३ लाख पुगेको जानकारी गराएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत असार मसान्त सम्मको एमआईएस प्रतिवेदन अनुसार मोबाईल प्रयोगकर्ताको संख्या ४ करोड १३ लाख ९५ हजार ७ सय १४ पुगेको हो ।
पछिल्लो समय नेपालको जनसंख्या भन्दा बढि मोबाईल सेवा प्रयोगकर्ता बढेको देखिएता पनि एकै व्यक्तिले धेरै सिम प्रयोग गर्दा यस्तो तथ्याङ्क देखिएको हो ।
सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहक २ करोड १८ लाख ९८ हजार जना रहेका छन भने यस्तै निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको पनि मोबाईल सेवामा १ करोड ६६ लाख ३७ हजार जना आवद्ध छन् ।
यस्तै तेस्रो स्थानमा रहेको स्मार्टसेलका मोबाईल सेवाका ग्राहक २० लाख ६० हजार रहेका छन । टेलिकम प्रायजसो सेवामा एनसेलभन्दा अघि रहेपनि फोरजी सेवामा भने आफ्नो गति बढाउन सकेको देखिदैन । एनसेलका फोरजी प्रयोगकर्ता हाल २९ लाख ३० हजार पुग्दा नेपाल टेलिकमका भने जम्मा ८ लाख प्रयोगकर्ता रहेका छन् ।
FACEBOOK COMMENTS