काठमाडौं, भदौ १५ । नक्कली भिषा कार्ड प्रयोग गरी एटिएमबाट करोडौं रुपैयाँ लुट्ने ५ जना चिनियाँ ह्याकरलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी कमलपोखरीको एक होटलबाट बाहिरीने क्रममा निजहरुलाई सार्वजनिक गरेको जनाएको हो ।
यससँगै १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ११, युरो २५०, क्याम्वोडियन ५ हजार हंङकंङ डलर ८० समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।
काठमाडौं परिसरबाट प्रनाउ होविन्द्र वोगटीको विशेष टोलिले शनिबार दरबारमार्गको नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ गरेको थियो । निजलाई पक्राउ गपछि उनीसँगै एउटै होलमा बस्ने ४ जना पनि पक्राउ परेको प्रहरी परिसरले जनाएको हो ।
बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकमा भएको सर्वसाधारणको निक्षेप भने सुरक्षित भएको बताएका छन् । उनले भने ‘ठूलो नोक्सान भएको छैन, चोरी भएको रकम पनि बरामत भइसकेको छ । निक्षेपकर्ता आत्तिनुपर्दैन । बैंकको नोक्सान भएपनि निक्षेपकर्ताको रकम हानी हुन दिने छैनौं’
FACEBOOK COMMENTS