काठमाडौँ । अवरोधका बीच काठमाडौँको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।
काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए ।
स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।
FACEBOOK COMMENTS