काठमडाौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमानै मागभन्दा ३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन साँझ ५ बजसम्मे २ लाख ९० हजार ८२७ आवेदन परेका छन् । जुन मागको ३.१४ गुणा बढी हो ।
पहिलो दिनमा नै ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीलने सर्वसाधारणका लागि १० लाख ५८ हजार कित्ता शेयर लागि आवेदन माग गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकाले असोज २ गते सम्म मात्रै आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS